सरकारी वेबसाइट डाउन हुने क्रम बढ्दो, सरकारमाथि संसद्मा उठ्यो प्रश्न
काठमाडौँ : सरकारी वेबसाइट तथा सर्भर डाउन तथा ह्याक हुने क्रम बढेकोप्रति सदनमा प्रश्न उठेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सरकारी वेबसाइट तथा सर्भर डाउन र ह्याक हुँदा महत्त्वपूर्ण डेटा खतरामा परेको बताए।
सांसद पौडेलले खतरामा रहेका यस्ता सकारी डेटाको सुरक्षाप्रति सरकार प्रतिबद्धसमेत नदेखिएको भन्दै प्रश्न उठाए। ‘सरकारी वेबसाइट र सर्भर डाउन र ह्याक हुने कुनै नौलो विषय भएन’, उनले भने, ‘आजको मुख्य सम्पति भनेको डेटा हो। राज्यले आफ्नो सुरक्षा त गर्न सक्दैन भने नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ ?’
बिहीबार र शुक्रबार प्रतिनिसभाकै वेबसाइट डाउन थियो। बिहीबार त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भरसमेत डाउन हुँदा घण्टौं यात्रु लाइनमा बस्नुपरेको थियो। करिब चार घण्टा यात्रु लाइनमा बस्नुपर्दा रातिका उडान प्रभावित भएका थिए।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam