लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत, पक्षमा पर्यो ४८
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्। आज प्रदेशसभामा भएको विश्वासको मत प्रस्तावमा जम्मा उपस्थित सांसद ८६ मध्ये महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो।
केन्द्रमा फेरिएको सत्ता समीकरण र राजनीतिक परिवर्तनसँगै लुम्बिनी प्रदेशको पनि नेतृत्व फेरिएपछि संवैधानिक रूपले मुख्यमन्त्री महराले विश्वासको मत लिएका हुन्।
महरालाई पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन छ। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ।
एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam