एकीकृत समाजवादीमा थपिए एक लाख २० हजार सदस्य
काठमाडौं : नेकपा एकीकृत समाजवादीमा एक लाख २० हजार नयाँ सदस्य थपिएको दाबी गरेको छ।
संगठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए। साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने १० औँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको छ।
महाधिवेशन सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन्। पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र सांगठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाएको सचिव श्रेष्ठले बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam