कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण


कृष्णनगर,११ बैशाख ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा कृषकलाई सिँचाई मेसिन (पम्पसेट)  वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ४० जना कृषकलाई साना सिँचाई मेसिन वितरण गरिएको हाे ।

कृष्णनगर नगरपालिका प्रमुुख रजत प्रताप शाहले ५० प्रतिशत अनुदानमा नगरपालिकाका कृषकलाई साना सिँचाई मेसिन (पम्पसेट) वितरण गरिएको बताए । यस पम्पसेटले १५ सय हेक्टर जमिन सिँचाई गर्न सकिने शाहकाे भनाई छ ।

यस सिँचाई यन्त्र उपकरणले २ सय बढी घरधुरी लाभान्वित हुने बताउँदै कृषि उत्पादनमा पनि बृद्धि हुने उनले बताए । कृषक मुख्य समस्या पानी नै भएकाेले कृषककाे माग र आवश्यकता अनुसार सिँचाई मेसिन प्रदान गरिएको नगर प्रमुुख शाहले बताए ।

कार्यक्रममा नगर उप-प्रमुख आरतीदेवी चाैधरी, वडा अध्यक्ष, कृषि शाखा प्रमुख सुदीप मौर्य लगायतकाे उपस्थिति थियोे ।

TOP