रातो मच्छिन्द्रनाथको रथारोहण
काठमाण्डौ – वर्षा, सहकाल तथा करुणाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पूजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याएपछि मच्छिन्द्रबहालमा विशेष पूजा गरी बेलुकी पुल्चोकमा निमार्णाधीन रथमा मूर्तिलाई रथारोहण गरिएको हो ।
काठमाण्डौ उपत्यकामा खडेरी परेको बेला त्यसबेलाका राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापुले भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथ ल्याएको विश्वास छ । त्यही प्रतिकस्वरुप हरेक वर्ष कटुवाल दहबाट रातो मच्छिन्द्रनाथलाई ल्याउने गरिन्छ ।
यता, रातो मच्छिन्द्रनाथको रथको अघिपछि लगाएर तानिने मीननाथको रथमा यवाल गुथियारहरुले बेतले बाँध्ने काम गरिरहेका छन् । भोलि मीननाथलाई रथारोहण गरेर पुल्चोकसम्म तानिनेछ । त्यसपछि रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहालसम्म तानिन्छ । यसरी रथ तान्दा मीननाथको रथलार्ई अघि लगाएर रातो मच्छिन्द्रनाथको रथ तानिन्छ । रथ तान्नुअघि रथलाई हरियो धुपीले सिंगार्ने गरिन्छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam