कुवेतको संसद् भंग


कुवेतको संसद् भंग भएको छ। कुवेती अमीर शेख मिशाल अल अहमद अल सबाले शुक्रबार साँझ टेलिभिजन सम्बोधन गर्दै संसद भंग गरिएको घोषणा गरेका हुन्।

‘म राज्यलाई कमजोर बनाउने र लोकतन्त्रको दुरुपयोग गर्ने अनुमति दिँन्न, उनले टेलिभिजन सम्बोधनमा भने, ‘देश बचाउनका लागि एउटा कठोर निर्णयको आवश्यकता छ, जुन मैले लिने निर्णय गरेको छु ।’

अमीरले संविधानका कयौँ अनुच्छेदसमेत निलम्बन गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उनले फारसको खाडीको एक महत्वपूर्ण र लोकान्त्रिक देशलाई कमजोर बनाउने गरी विधायकीमा भइरहेको उथलपुथल स्वीकार्य नभएको आफ्नो सम्बोधनमा जनाएका छन्।

कुवेतमा एक महिनाअघि मात्रै संसदीय निर्वाचन भएको थियो। ५० सदस्यीय कुवेतको संसद प्रायः नयाँ संसदीय निर्वाचनको केही समयअघि भंग गर्ने गरिएको थियो । कुवेतको संसद भंग भएसँगै त्यहाँ पनि अन्य खाडी देशमा जस्तै निरंकुशताको अभ्यास हुने आशंका गरिएको छ।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP