बाणगंगामा अवैध उत्खनन नियमन गर्ने निकाय मौन, ठेकेदारद्धारा नक्कली विल प्रयोग

कपिलवस्तु, बैशाख २९ ।  कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले ठेक्कामा लगाएको बाणगंगा नदिकाे बर्गदी नाकामा अवैध उत्खनन भएको छ । महाराजगन्ज नगरपालिका वडा नं २ स्थीत वाणगंगा खोलाको बर्गदी नाका ठेक्कामा लिएको रोशनी निर्माण सेवाले अवैध निकासी गर्नुका साथै नक्कली विल समेत प्रयोग गर्दै आएको छ । 

रोशनी निर्माण सेवाले अवैध रूपमा खोला दोहन गर्नुका साथै नक्कली विल समेत प्रयोग गरेको छ । रोशनी निर्माण सेवाले नदीजन्य पर्दा निकासीको लागि तोकिएको मापदण्ड भन्दा बढी निकासी गरेको छ । ठेकेदार पक्षले बाणगंगा खोलाको पुल देखी दुवै तर्फ ५ सय मिटर भित्र नदीजन्य पदर्थ निकासी गर्न नपाइने भए पनि ठेकेदार पक्षले अटेरी गरी अवैध तवरले खोला दोहन गर्दै आएको छ । पुल नजिकैबाट निकासी हुदा बाणगंगा पुल जोखिममा परेको छ । 

पुल छेउबाटै निकासी पैठारी गर्दा वर्षको समयमा पुललाई क्षति हुने स्थानीयले बताए । ठेकेदारले खोला देखि ३ सय मिटरको दुरीमा रहेको हुलाकी राजमार्गको छेउमा डम्पिक्ङ समेत गरेको छ । वातावरणीय प्रभावलाई समेत बेवास्ता गर्दै सडक छेउमै डम्पीङ गर्दा सर्वसाधारणलाई आवात जावातमा समेत समस्या खेप्नु परेको छ ।  हवाहुरी चल्द मोटरसाइकल, साइकिलमा, पैदल आवत जवात गर्न  निकै नै कष्टकारी रहेको स्थानीय सुदामा सिंहले बताए ।

यस विषयमा महाराजगन्ज नगरपालिकाको इन्जिनियर प्रमोद चौधरीसँग बुझ्दा खोलामा केही नै नभएको जस्तो प्रतिक्रिया दिए  । खोलाको ठेक्का लागत र नदी जन्य पदार्थको बारेमा केही जानकारी नै दिन मानेनन् ।    इन्जिनियर चौधरीले पत्रकारसँग प्रतिवाद गर्दै सुचनाको हक प्रयोग गरे मात्र सूचना दिने अटेरी गरे । इन्जिनियर चौधरीले ठेकेदारकै पक्षमा वकालत गरेका छन । खोलाको सम्झौता पत्र, वातावरण मूल्याङ्कन प्रतिवेदन समेत दिन मानेन्न ।  

महाराजगन्ज नगरपालिकाकाले खोलाको विषयमा २, ३ पटक जिल्ला समन्वय समिति कपिलवस्तुलाई अनुगमन गर्न पत्र पठाएको जनाएको छ । अनुगमनको लागि पटक पटक पत्र पठाएपनि समन्वय समितिले अनुगमन गर्न नआएको पालिकाले जनाएको छ ।  यस्तै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले खोलामा तत्काल अनुगमनको लागि आदेश दिने बताउनु भयो । उ

हाँले भन्नु भयोस् खोलाको अनुगमन गर्न जिल्लामा समिति बनेको छ, हामी अनुगमन गर्छौ ।   जिल्ला समन्वय समिति कपिलवस्तुका अध्यक्ष  बाबुराम आचार्यले जिल्लाको महाराजगन्ज तथा कृष्णनगरको खोला अनुगमन बाँकी रहेको बताउनु भयो ।  महाराजगन्ज खोलाको विषयमा कुनै गुनासो नआएकोले अनुगमन गर्न ढिलाई भएकाे थियाे अब तत्काल अनुगमन गर्ने आचार्यले बताउनुे भयो । यस्तै महाराजगंज नगरपालिकाले अनुगमन गर्नका लागि कुनै पनि पत्र पठाएकाे मलाई जानकारी नभएकाे उनले भने ।

TOP