पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता
काठमाण्डौ – राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारण लाइनबाट बिजुली लैजान सम्झौतापत्रमा हिजो काठमाण्डौमा भएको कार्यक्रमकाबीच हस्ताक्षर भएको हो ।
एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारण लाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७ सय ५० मेगावाट क्षमता भएको आयोजना हो । यो आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारण लाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारण लाइनमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो । पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ ।
एनएचपीसीले दोधारा–बरेली चार सय केभी प्रशारण लाइनमार्फत् भारत बिजुली लैजानेछ । २०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam