बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले
बैतडी : जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गएको आइतबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरु पुनः काममा फर्केका हुन्।
आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका सबै सेवाहरू सुचारू भएका अस्पतालका प्रमुख डाक्टर सुशील बिकले बताए।
स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको छ।
गएको ९ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका थिए।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरु पुर्याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम निकासा नदिँदा समस्या भएको थियो।
जिल्ला अस्पतालका सेवाहरु सुचारु भएपछि बिरामीहरुलाई सहज भएको छ। स्वास्थ्यकर्मी र चिकित्सकहरु आन्दोलित भएपछि बिरामीहरुलाई मार्का परेको थियो।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam