जीप दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत
सुर्खेत : भारतबाट रोजगारी गरेर फर्किँदै गरेका यात्रु चढेको बोलेरो जिप सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्ला नजिकै दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन कालिकोटका र एक जना दैलेखको रहेको प्रहरीले जनाएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका-३ तन्त कामी उनका १७ वर्षीय छोरा वीरेन्द्रर २७ वर्षीय नवराज विकको मृत्यु भएको हो। यस्तै दैलेखको भैरवी गाउँपालिका-४ का महिन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
घाइते हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-३ का नरी कामी र कालिकोटकै खाडाचक्र नगरपालिकाका नरेन्द्र विष्ट छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उनीहरुको उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट ३०० मिटर तल खसेको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam