‘अत्यधिक गर्मी’ ले कपिलवस्तुमा एक जनाको मृत्यु
किरणमान बज्राचार्य
कपिलवस्तु
‘अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।
आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँची नगरपालिका वडा नम्बर-९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न भनी घरबाट निस्किएका थिए। जेठ १७ गते बिहीबार साँझ साढे ६ बजे तिर उनी कपसीको कडेल टोलमा मृत अवस्थामा फेला परेका हुन्।
वडाध्यक्ष तिलक बस्नेतले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिए। शुक्रबार मात्र उनको पहिचान खुलेको थियो।
इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए।
मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टम पछि आउने प्रतिवेदनले मृत्युको सही कारण खुल्ने उनले बताए। मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाकाे अवस्था राम्रै रहेको बताइन।
एक साता यता जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस बढी रहँदै आएको छ। अध्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam