एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार दिउँसो बस्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले दिउँसो साढे १२ बजे बस्नेरी बैठक बोलाएका हुन्।
बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन्। बैठकले मधेश प्रदेशमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा समेत निर्णय लिनेछ।
मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ। त्यसैले केन्द्रका गठबन्धन दल एमाले-माओवादीले ले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्।
एकीकृत समाजवादीले त्यहाँ नयाँ सरकार गठन हुँदा सम्मानजनक स्थान पाउनुपर्ने माग राखेको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam