बंगबन्धु अन्तरराष्ट्रिय कबड्डी : उपाधिका लागि नेपाल बंगलादेशसँग खेल्ने


दमाम : नेपाल बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तरराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

केन्यालाई टाइब्रेकरमा पराजित गर्दै नेपालले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो।

ढाकामा भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त ५ रेडमा ९–५ ले पराजित गर्दै नेपालले अन्तिम दुईमा स्थान बनाएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक बनाएका थिए। त्यसपछि खेलको निर्णय अतिरिक्त ५ रेडबाट गरिएको थियो।

नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

समूह ए को विजेताको बनेर सेमिफाइनल पुगेको बंगलादेशले सेमिफाइनलमा थाइल्याण्डलाई हराएको थियो।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP