भ्रष्टाचारमुद्दा लागेका सांसद यादवको निलम्बन फुकुवा
दाङ : लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ।
प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भष्ट्राचार गरेको शिर्षकमा विशेष अदालतमा मुद्धा दायर गरेपछी प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागी निलम्बन गरेको थियो।
सो मुद्दामा यादवले सफाई पाएपछी प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो। विशेष अदालतले जेठ ९ गते यादवलाई सफाई दिएको थियो। मुद्धाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछी निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए।
यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam