दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत् थप हुन्छ : मन्त्री बस्नेत


काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत् थप गर्ने बताएका छन्।

बिहीवार प्रतिनिधिसभा बैठकमा अन्ताराष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्र एक हजार मेगावाट विद्युत् सोलारबाट थप गर्ने बताएका हुन्। उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा काम गर्दै जाने बताए।

मन्त्री बस्नेतले भने, ‘आगामी दुई वर्षभित्र सोलारबाट हामीले एक हजार मेगावाट विद्युत् थप गर्नेछौँ। आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्‍याउने भनेका छौँ। यो राष्ट्रको अहितमा छैन। सजगताका साथ कार्यान्वयन हुन्छ। राष्ट्रको हितमा हेरिन्छ।’

अन्ताराष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएको छ।

TOP