मधेशमा ११ मन्त्रालयमा ६ दलको भागबण्डा, विमला अन्सारी गृहमन्त्री पक्का
काठमाडौं : जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेश गरिएको छ।
राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि उनले आज बिहानै दाबी पेस गरेका हुन्।
भागबण्डा अनुसार एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ।
यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए। नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी तरन्नुम गृह मन्त्री बन्ने पक्का भएको छ।
जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ। मधेशमा ११ वटा मन्त्रालय रहेका छन्।
१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेर दाबी गरेका हुन्। आज बिहान १० बजे सबै दलबाट मन्त्रीको टुंगो लगाउने गरी संसदीय दलको बैठक बोलाइएको छ। आजै मन्त्रीको टुंगो लाग्ने र उनीहरुको मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख भण्डारीले सपथ ग्रहण गराउनेछिन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam