जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौं : गृहमन्त्री लामिछाने
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताएका छन्।
चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिए।
उनले जीबीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको भन्दै छिट्टै नेपाल ल्याइने दाबी गरे। उनले यस विषयमा गम्भीर भएर मलेसिया सरकारसँग कुराकानी भइरहेको भन्दै प्राविधिक कारणले नेपाल ल्याउनमा ढिलाइ भइरहेको बताए।
गृहमन्त्री लामिछानेले आईजीपी परिवर्तन गर्ने विषय हल्ला मात्रै भएको समेत बताए। उनले आफूले कुनै पनि प्रक्रिया मिचेर काम नगर्ने समेत उल्लेख गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam