गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग


काठमाडौँ : नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए। उनले एसइईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताए।

उनले कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसइईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बीचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने माग गरे।

उनले भने‚ ‘हिजोमात्रै एसइई परीक्षाको रिजल्ट आयो। ४८ प्रतिशत मात्रै विद्यार्थीहरू एसइई पास भएका छन्। ५२ प्रतिशत विद्यार्थी फेल भएका छन्। कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११-१२ लाख हुन्छन्। एसइईसम्म आउँदाखेरी ५ लाख हुन्छन्। सबैभन्दा बढी गणितमा १ लाख ७७ हजार फेल भएका छन्। नेपालमा गणित र विज्ञान शिक्षक धेरैजसो स्कुलमा पाउन छोडिसकेको छ। शिक्षालाई सुधार्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु।’

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP