गाजामा इजरायलको आक्रमण, कम्तीमा ५० जनाको मृत्यु
एजेन्सी
इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा उनीहरू मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। मध्य गाजाको आक्रमणमा नुसेरत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको स्कुलमा रहेका २५ जनाभन्दा धेरै मारिएको अल जजिराले उल्लेख गरेको छ।
गत अक्टोबर ७ देखि हालसम्म इजरायलको आक्रमणमा परी हमास समूहका १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। हजारौँ मानिस घाइते भएका छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam