बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप
एजेन्सी
काठमाडौं : बेलायत, अमेरिका तथा दक्षिण कोरियाले उत्तर कोरियाले परमाणु रहस्य चोर्न विश्वभरका कम्पनीहरुका डाटा ह्याक गरिरहेको आरोप लगाएका छन्।
उत्तर कोरियाली ह्याकर्सहरुले सरकारी तथा निजी कम्पनीका डाटाहरु चोर्ने प्रयास गरिरहेको यी देशको आरोप छ। एन्डारियल र ओनिक्स स्लीटका नाममा उत्तर कोरियाली ह्याकर समूह सक्रिय रहेको यी देशहरुको आरोप छ।
यस्तो समूह बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान तथा भारत लगायतका देशका संवेदनशील डाटामा पहुँच पु¥याउन सक्रिय रहेको बताइएको छ। गुगल तथा इन्टरनेट ब्राउजिङबाट समेत यस्तो खालको आक्रमण भइरहेको अधिकारीहरुले जनाएका छन्।
गुगल क्लाउडको म्यान्डियन्टका प्रमुख विश्लेषक माइकल बर्नहाटले यस्ता समूहले इन्टरनेटमार्फत् डाटाहरु चोरी गरी प्रयोगकर्ताको गोपनीयतासमेत भंग गरिदिने अवस्था रहेको बताए।
योसँगै वेब प्रणालीमार्फत् संकलन हुने राजश्व तथा अन्य करमा समेत पहुँच पु¥याएर ह्याकरहरुले त्यस्तो रकम चोर्ने जोखिम रहेको समाचारहरुमा जनाइएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam