फैसला कार्यान्वयनमा यस्तो छ कास्की प्रहरीको प्रगति


पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले फैसला कार्यान्वयनमा पछिल्लो चार वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा दुई सय ४८ जनालाई पक्राउ गरेर ५२ वर्ष तीन महिना १६ दिन कैद सजाय तथा ८४ लाख सात सय ९२ रुपैयाँ बिगो सङ्कलन भएको थियो। गत आर्थिक वर्ष २०८०/०८१ मा भने प्रगति बढाउँदै कास्की प्रहरीले एक सय सात वर्ष तीन महिना २३ दिन कैद तथा चार करोड १७ लाख ८४ हजार आठ सय ८३ रुपैयाँ बिगो असुल गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा एक सय ७२ जना पक्राउ पर्दा ६७ लाख ६१ हजार छ सय २० रुपैयाँ बिगो तथा ४६ वर्ष पाँच महिना २५ दिन कैद सजाय असुल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले बताए। यस्तै आर्थिक वर्ष २०७९/८० अदालत फैसला सुनाएर फरार रहँदै आएका एक सय ५३ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट एक करोड ७२ लाख ४२ हजार नौ सय ४४ रुपैयाँ बिगो र ९७ वर्ष एक महिना १० दिन कैद सजाय भुक्तान हुने छ।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP