पेरिस ओलम्पिकमा पदक विजेता एडम पिटीलाई कोरोना
काठमाडौं : पेरिस ओलम्पिक २०२४ अन्तर्गत १ सय मिटर ब्रेस्ट स्ट्रोकमा ग्रेट ब्रिटेनका लागि रजत पदक जितेका एडम पिटी कोरोना सङ्क्रमित भएका छन्। उनी शून्य दशमलव शून्य दुई सेकेन्डले लगातार तेस्रो स्वर्ण पदक जित्नबाट चुकेका थिए।
खेल पछि घाँटीमा समस्या आएको बताएपछि पिटीको स्वास्थ्य परीक्षण गरिएको थियो। ग्रेट ब्रिटेन टोलीले विज्ञप्ति जारी गर्दै २९ वर्षीय पिटीको स्वास्थ्य अवस्था रातारात बिग्रिएको र उनी कोरोना सङ्क्रमित भएको जानकारी गराएको हो।
२०२० को टोकियो ओलम्पिकमा कोरोनालाई लिएर कडा स्वास्थ्य प्रोटोकलहरू लागु गरिए पनि पेरिसमा भने खासै प्रोटोकल जारी गरिएको छैन। पिटी ग्रेट ब्रिटेन रिले टोलीहरूको समेत हिस्सा हुन्। शुक्रबार हुने प्रतिस्पर्धाअघि उनी स्वस्थ हुने अपेक्षा गरिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam