प्रहरी ऐनलाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेश गर्छौं : गृहमन्त्री लेखक
काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेश गर्ने बताएका छन्। बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रहरीको संगठनलाई सुदृढ,गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानुन निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे।
उनले सरकारले सशस्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेश गर्ने भएकाले त्यसलाई गम्भीर र अर्थपूर्ण रूपमा छलफल गरेर निष्कर्षमा पुर्याउने काममा लाग्न पनि संसदीय समितिहरुलाई आग्रह गरे।
मुलुकको शान्ति सुरक्षा र अमनचैन कायम हुनेगरी सरकारले कानुन निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाइ थियो।
उनले भने, ‘अहिले हाम्रो प्राथमिकता भनेको केही कानुनहरुको निर्माण हाम्रो प्राथमिकता हो। देशमा शान्ति सुरक्षा कायम गर्नका लागि, अमनचैन स्थापित गर्नका लागि, सुशासनको प्रत्याभूति र सुनिश्चितता गर्नका लागि केही कानूनहरु नयाँ निर्माण गर्नुपर्ने, संशोधन गर्नुपर्ने, समसामयिक रुपले परिमार्जन गर्नुपर्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौँ। प्रहरी ऐन २०१२ नयाँ विधेयकको रुपमा प्रस्तुत गर्ने हाम्रो तयारी छ। त्यसरी नै सशस्त्र प्रहरी बल, नेपालको कानून पनि धेरै पुरानो नभए पनि हामीले २०५८ सालमा प्रारम्भ गरेको हो। र, अहिले आएर यसमा पनि समसामयिक रुपमा यो बललाई सुदृढ गर्नका लागि, यसलाई समसामयिक बनाउनका लागि, यसर्लाइ बोर्डरमा नै परिचालन गर्ने कुरा महत्वपूर्ण छ। त्यसो भएको हुनाले सो कानूनमा संशोधन गर्नु छ । नयाँ ल्याउनु पर्छ। अब सरकारले चाँडै, मन्त्रालयले चाँडै विधेयकहरु प्रश्तुत गर्छौं। त्यसका लागि कानुन ल्याउँछौँ।
गृहमन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रुपमा लिन पनि सांसदहरुलाई आग्रह गरे। सरुवालाई सरुवाको रूपमा बुझ्दा सही हुने र त्यसले देश र जनताको पक्षमा काम गर्न सरकारलाई पनि सहयोग पुग्ने उनले बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam