विवरण प्रधानमन्त्री र अर्थमन्त्रीलाई बुझाएपछि निर्माण व्यवसायीको भुक्तानी हुन्छ : मन्त्री दाहाल
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको भुक्तानी चाँडो दिइने बताएका छन्।
शनिवार पत्रकारसँग कुरा गर्दै मन्त्री दाहालले निर्माण व्यवसायीको भुक्तानी छिटोभन्दा छिटो दिइने बताउँदै काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुनहुने जिकिर गरे।
काम सकेर बिल फस्र्यो गरिसकेकाले भुक्तानी पाउनुपर्ने बताए। उनले मन्त्रालयले भुक्तानी दिनुपर्नेको विवरण संकलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताए। उनले जति छिटो विवरण संकलन हुन्छ त्यति नै छिटो निर्माण व्यवसायीले भुक्तानी पाउने पनि बताए।
मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने पनि बताए। उनले आफूहरु पनि विगतको सरकारमा रहेको र आफूहरुले नै पारित गरेको बजेट भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर नहुने उल्लेख गरे।
उनले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजनाहरु पनि सय प्रतिशत कार्यान्वयन गराउन लाग्ने बताए। उनले कानूनी अड्चन, वन र क्षतिपूर्तिलगायतका समस्याका कारण भौतिक संरचना निर्माणमा ढिलाइ हुने गरेको उल्लेख गरे।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam