नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो
चितवन : नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ। एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने, ‘स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्याङ्कन गरेर जङ्गलमा छाडिएको हो।’
उनका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुनसक्छ। बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनको भनाइ छ। रातको समयमा बाघ सक्रिय हुने र जङ्गल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुनसक्ने अनुमान गरिएको छ। बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नरकट घारीमा लुकेको थियो। आइतबार बिहान घटना भएकामा साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो।
बाघ अन्दाजी पाँच÷छ वर्षको भाले हो। उद्धार गरिएको बाघ बुढो भए उसले प्राकृतिक रूपमा सिकार गर्न नसक्ने आधारमा खोरमै राख्ने गरिन्छ। निकुञ्ज क्षेत्रमा खोरमा अहिले छवटा बाघ रहेका छन्। जसमध्ये दुईवटा देवनगरमा, तीनवटा कसरा र एउटा सौराहामा छन्।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam