कावासोतीमा ३० महिने बालक मृत फेला
काठमाडौं : नवलपुरको कावासोती- ४ हसौरास्थित खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन्।
३० महिने सुवास ढुंगाना बुधबार बिहान हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएका हुन्। उनी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाति हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक मंगलबार बिहान हसौरा नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए ।
उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेका थिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam