पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुई पुरुषको शव फेला
पर्सा : पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पर्साको सितलपुरमा दुई जना युवक मृत अवस्थामा फेला परेका छन्।
पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाटादेखि झण्डै १५ किलोमिटर उत्तर पश्चिममा पर्ने पर्सा जिल्लाको बसतपुर भन्ने ठाउँमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतकहरु मकवानपुर राक्सिराँगका राजकुमार नेगी र मकवानपुर मनहरी ५ का रामबहादुर मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। उनीहरु श्रावणमा लाग्ने मेला हेर्न भाटास्थित प्रसिद्ध दुग्धेश्वर महादेव मन्दिरमा हिँडेको अवस्थामा गएको सोमबारदेखि नै जंगलमा बेपत्ता भएका थिए।
हिजो साँझ ६ बजेतिर उनीहरुको शब प्रहरीले मृत अवस्थामा बरामद गरेको हो। मृतक दुबै जनाको शव पोष्टमार्टमाका अस्पताल लगिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam