स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, प्रतिद्वन्द्वी अमेरिका
एजेन्सी
काठमाडौं : विश्व च्याम्पियन स्पेनलाई पराजित गर्दै ब्राजिल जारी पेरिस ओलम्पिकको महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। ब्राजिलले स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने भएको छ।
गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ। ब्राजिलको जितका लागि खेलको छैठौं मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन पहिलो हाफको एक्ट्रा टाइममा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।
पहिलो हाफमा २-० ले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफको ७१औँ मिनेटमा अग्रतालाई फराकिलो बनाइन्। खेलको ८५औँ मिनेटमा सलमा पारल्युलोले गोल गर्दै स्पेनलाई ३-१ को अवस्थामा पुर्याइन्। तर, ब्राजिलले क्यारोलले गोल गर्दै खेलमा आफ्नो विजयी सुनिश्चित गरिन्। थपिएको १२औँ मिनेटमा स्पेनकी सलमाले अर्को गोल गरे पनि जितका लागि पर्याप्त भएन।
गएराति नै भएको पहिलो सेमिफाइनलमा त्यस्तै अमेरिकाले जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। सन् २०१६ को रियो ओलम्पिकको च्याम्पियन जर्मनीलाई हराउन खेलको ९५औँ मिनेटमा अमेरिकी २३ वर्षीया फरवार्ड एस स्मिथले निर्णायक गोल गरिन्।
अमेरिका सन् २०१२ मा फाइनलमा प्रवेश गरेको थियो। १२ वर्ष पछि अमेरिकाले महिला फुटबलमा स्वर्ण पदकका लागि खेल्न लागेको हो।
अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ। त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन्। यो खेल अगस्त ९ मा हुने छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam