पाँच दिनमा ७१९ जना डेंगु संक्रमित थपिए, काठमाडौँमा पनि संक्रमण तीव्ररूपमा बढ्दोतनहुँ जिल्ला रेड जोनमा
काठमाडौँ: पाँच दिनमा देशभर ७१९ जना डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार साउन २२ गतेसम्म २३६५ जना संक्रमित रहेकोमा साउन २६ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ३ हजार ८४ जना पुगेको हो।
यो अवधिमा सबैभन्दा धेरै संक्रमित गण्डकी प्रदेशमा १ हजार ८० जना पुगेका छन्। यसैगरी बाग्मती प्रदेशमा ८१३, कोशी प्रदेशमा ५५७ जना, मधेश प्रदेशमा ५४ जना, लुम्बिनीमा २७८, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा क्रमशः २६० जना संक्रमित रहेका छन्।
यसैगरी हाल डेंगु संक्रमण फैलिएका १० जिल्लामा तनहुँमा ५८३, काठमाडौँमा ३०७, कास्कीमा १६६, झापामा १३५, चितवनमा १३०, मकवानपुरमा ८४, भोजपुरमा ७५, गोरखामा ७२, काभ्रेमा ७१ र पाल्पामा ७१ जना संक्रमित रहेका छन्।
ईडीसीडीको विवरण हेर्दा अहिले तनहुँ जिल्ला डेंगु संक्रमणको रेड जोनमा परेको छ भने पछिल्लो समयमा काठमाडौँमा पनि संक्रमण तीव्र फैलिको देखिएको छ। हाल तनहुँको संक्रमणदर १८ रहेको छ भने काठमाडौँको संक्रमणदर १० रहेको छ। यो वर्ष डेंगु संक्रमणबाट हालसम्म एकजना संक्रमितको मृत्यु भएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam