कपिलवस्तुका बिभिन्न पालिकामा सलहद्वारा तरकारी र भर्खर रोपेको धान बाली सखाप
आईतवार साँझ कपिलवस्तुका बिभिन्न पालिकामा देखिएका करौडौ संख्याको झुन्डका सलहले जिल्लाका बिभिन्न पालिका रहेका धान बाली, तरकारी, मकै लगायतका बालीनाली सखाप पारेका छन् । शनिवार साँझ सलहका झुन्ड जिल्लाका शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्ध्भुमी, शिवराज नगरपालिका र बिजयनगर नगरपालिका बिभिन्न स्थानमा बास बसेका थिए । आईतवार बिहानदेखि नै पानी परेकोले बोट बिरुवमामा बसेका सलह दिउँसो फेरी उठ्न थालेका छन् । झुन्ड अर्घाखाँची, दाङ र प्युठान तर्फ लागेका छन् ।
आईतवार साँझदेखि सोमवार दिउँसोसम्म बोट बिरुवामा बसेका सलहले बालीनाली सखाप पारेको कृषि ज्ञान केन्दैले जनाएको छ । ज्ञान केन्द्र अनुसार कपिलवस्तु नगरपालिका– ६ बमैली टोल, ब्द्ध्भुमी नगरपालिका– १० धनकौली, शिवराज नगरपालिका वडा नम्बर ३ र ११ तथा बिजयनगरका केही गाउँहरुमा रहेका बालीनाली सखाप पारेका छन् । ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्याले आईतवार साँझ झुन्डमा रहेको सलह उत्तरी क्षेत्रमा लागेकोले बाली नालीमा त्यति क्षति नभएको दाबी गरे । उनले बास बसेको स्थानमा भने बालीनालीलाई ठूलो क्षति पुर्याएको उनले बताए ।
यधपि क्षतिको बिवरण भने अझै आइृ नसकेको उनले बताए । ‘सलहले बाली नालीमा नोक्सान भएका कुरा कृषकहरुले फोन मार्फत जानकारी दिएका छन् तर बिवरणहरु यकीन भएको छैन ’ उनले भने । आईतवार र सोमबोर गरी कपिलवस्तु नगरपालिका– ६ बर्मेली तथा बुद्धुभुमी नगरपालिका– १० धनकौलीमा कृषकहरुले लगाएका तरकारी सखाप पारेको तरकारी जोनका संयोजक मुस्कान केबटले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली र बुद्धुभमीको धनकौलीमा गरी कृषकहरुले लगाएका ढेड सय हेक्टर तरकारी खेती नष्ट गरको उनले बताए । बोडी खिरम्ला, काक्रो लागततका तरकारीमा ठूलो क्षति पुगेको केबटले बताए । बुद्धभूमि-४ किलौलीका कृषकको मकै बालीमा समेत सलहले क्षति पुर्याएको छ ।
भाँच्ने बेला भएको मकैको घोगासमेत खाएर क्षति गरेको कृषक विष्णुप्रसाद भुसालले बताए । यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ र ११ मा समेत तरकारी र भर्खर रोपेको धानमा सहलले क्षति पुर्याएको कृषक लालु खनालले बताए । उनले आफुले खेतमा लगाएका धान सहलले पुरै सखाप पारेको गुनासो गरे । शिवराज नगरपालिकामा दिउँसो ३ बजेसम्म सलह देखिएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


