युक्रेनी सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश
एजेन्सी
युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो।
रुसको रक्षा मन्त्रालयका अनुसार उसको सैन्य बल र युक्रेनी सैन्य बलबीच टोलपिनो र ओब्स्ची कोलोदेज गाउँमा मुठभेड भएको छ। त्यस्तै कुस्रक क्षेत्रमा आक्रमण सुरु गरेको युक्रेनी सेना त्यहाँबाट फर्किएको छैन।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले युक्रेनले घुसपैठ गरी रुसको शान्त समाजलाई तर्साउने काम गरेको आरोप लगाएकी छिन्।
यता युक्रेनी राष्ट्रपति भोलोमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसमाथि आक्रमण गरेको पहिलोपटक स्वीकार गरेका छन्। एक वरिष्ठ युक्रेनी अधिकारीले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार युक्रेनका हजारौँ सैनिक रुसी भूभागमा पसेका छन्।
यसअघि मस्कोले युक्रेनका एक हजार सैनिक रुस घुसेको आरोप लगाएको थियो । सामाजिक सञ्जालहरुमा सार्वजनिक भिडियोमा युक्रेनी सेना रुसी सडकहरुमा लाम लागेर अघि बढेको तथा विभिन्न ठाउँमा रुसी झण्डा निकालेर युक्रेनी झण्डा फहराएको देखिन्छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam