इन्टर्नसिपसम्बन्धी ऐन संशोधन गर्न बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीको माग
काठमाडौं : बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीले इन्टर्नसिपसम्बन्धी ऐन संशोधन गर्न माग गर्दै सरकारको ध्यानकर्षण गरेका छन्। नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनको टोलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।
एसोसिएसनले हाल बंगलादेशमा इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई बाँकी रहेको अवधिको इन्टर्नसिप नेपालमै गर्न व्यवस्था मिलाउन माग गरेको छ। विद्यार्थीले बंगलादेशमा जारी अन्योलका कारण आफूहरूले इन्टर्नसिप गर्न नपाएको भन्दै नेपालमै एक वर्षे इन्टर्नसिप गर्ने व्यवस्था गर्न माग गरे।
उनीहरूले विद्यार्थी तथा अभिभावकलाई ठग्ने कन्सल्टेन्सी र एजेन्टलाई तुरुन्त कारबाहीको दायरामा ल्याउनसमेत माग गरे। यस्तै नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षका निम्ति ६ महिना इन्टर्नसिप गर्नेपर्ने व्यवस्था संशोसधन गरी एमबीबीएस फाइनल परीक्षा उत्तीर्ण गरेलगत्तै दिन मिल्ने व्यवस्था मिलाउन माग गरेको अध्यक्ष नविन यादवले जानकारी दिए।
विद्यार्थीहरूले शनिबार शिक्षामन्त्रीलाई भेटेर आफ्ना माग बुझाउँदै छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam