युक्रेनी सेनाद्वारा रुसको कुर्स्क क्षेत्रमा निरन्तर आक्रमण : एउटा पुल भत्कियो
रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले निरन्तर आक्रमण गरेको छ । पछिल्लो आक्रमणबाट सेम नदीमा रहेको एउटा पुलमा क्षति भएको छ । युक्रेनी सेनाले भत्काएको पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले कुर्स्कमा आफ्नो सेनाले उपस्थिति बलियो बनाउँदै गएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।
युक्रेनले रुसमाथि गरेको पछिल्लो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण मानिएको छ । तर युक्रेनले रुसको भाग कब्जा गर्न आफूहरू इच्छुक नभएको बताएको छ । युक्रेनको कदमलाई लिएर प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam