शिक्षामन्त्रीलाई सुमनाको प्रश्न – काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ?
काठमाडौं : पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्री विद्या भट्टराईमाथि उच्च मनोबलका साथ त्रिवि पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भन्दै प्रश्न गरेकी छिन्।
शिक्षामन्त्री भट्टराईले त्रिविका पदाधिकारीहरूलाई असुरक्षा भएको भन्दै आज गृहमन्त्रीसँग सुरक्षाको व्यवस्था गर्न माग गरेपछि श्रेष्ठले प्रश्न उठाएकी हुन्।
उनले विश्वविद्यालयलाई खाने भाँडो र कार्यकर्ता पाल्ने भाँडो बनाइएको पनि बताइन्। ‘त्रिविमा पनि दुई तिहाइ सरकार छ- एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाइको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद, त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउनेमाथि घातक प्रहार गर्ने, राजनीतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो- सबै गर्ने औजार हो राजनीतिक भातृ संगठन।’
उनले पछिल्लो समय किन गुण्डाहरूको मनोबल बढेको भन्दै प्रश्न गरिन्। ‘शिक्षामन्त्रीको सुरक्षाको माग छ, जनतासँग-बहस चलोस् भनेर रे, शिक्षामन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोबलका साथ पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनीतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो? वास्तवमा, काम गर्याे भने सकिन्छ,अहिलेको दुई तिहाइको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी ? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नुपर्ने हो?’
उनले यसै विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको पनि बताइन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam