रामपुरमा कृषि प्रविधि पार्क : धानको उत्पादकत्व बढाउने लक्ष्य
काठमाडौँ : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयूमा) ‘नेपाल–दक्षिण कृषि विज्ञान तथा प्रविधि पार्क’ सञ्चालनमा ल्याइएको छ।
दक्षिण एसियाली राष्ट्रहरूको गरिबी निवारण तथा साझेदारी विकास केन्द्रअन्तर्गत उन्नत धानको अनुसन्धान गर्न एएफयूको केन्द्रीय कार्यालय रामपुरमा पार्कको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
हाइब्रिड धानको उत्पादकत्व बढाउने लक्ष्य
नेपालमा हाइब्रिड धानको उत्पादन बढाउनुका साथै धानखेती, पशुपालन, माछापालन र हरितगृहमा सहकार्य सुदृढ गर्ने लक्ष्य राखेको छ। चीनमा उत्पादित हाइब्रिड धानका जातलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक एवं चिनियाँ विश्वविद्यालयका प्राध्यापकहरूको सहकार्यमा यहाँ अनुसन्धान गर्ने लक्ष्य लिइएको छ।
‘चीनमा पहिचान भएर स्थानीयकरण भइसकेका कृषि र विज्ञानसँग सम्बन्धित प्रविधिलाई यहाँ प्रदर्शनको रूपमा काम गर्न खोजिएको हो’‚ एएफयूका अनुसन्धान तथा प्रसार निर्देशक ऋषिराम कट्टेलले भने। उनका अनुसार, १२ हेक्टर जग्गामा पार्क सञ्चालन गरिदै छ।
नेपालमा धानको उत्पादकत्व ३.०९ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा चीनमा यतिखेर हाइब्रिड धानको उत्पादकत्व प्रतिहेक्टर २५ मेट्रिकटनसम्म रहेको छ। ‘त्यहाँको हाइब्रिड धानलाई नेपालमा ल्याएर परीक्षण गर्ने, उचित ठाउँ परीक्षण गरिसकेपछि रजिष्ट्रेशन प्रक्रियामा गएर त्यसलाई प्रवर्धन गर्ने लक्ष्य लिइएको छ’‚ कट्टेलले भने।
पाँच वर्षको कार्यक्रम बनाउने तयारी
यस्तैगरी धानसँग सम्बन्धित कृषि र विज्ञान प्रविधिहरूलाई प्रदर्शन गर्ने योजना छ। यद्यपि यससँग सम्बन्धित कार्यविधि र कार्यक्रम तयार भइसकेको छैन। अहिले सञ्चालन गरी आवश्यक तयारी सुरु गरिएको कट्टेलले बताए।
उनका अनुसार पाँच वर्षको कार्यक्रम निर्माण गर्ने तयारी छ। ‘मुख्य फोकस पार्कमा हाइब्रिड धानको प्रदर्शन गरी यहाँको उत्पादकत्व कसरी बढाउन सकिन्छ भन्ने हो। यसबाट खाद्य सुरक्षा निर्माणमा महत्वपूर्ण योगदान गर्न सकिने अपेक्षा छ’‚ उनले भने‚ ‘धान, चामलको आयातमा ठुलो खर्च भइरहेको अवस्थामा त्यहाँका धानका विविध जातलाई यहाँ परीक्षण गरेर रजिस्ट्रेशन प्रक्रियामा जान सकियो भने धानको उत्पादन दोब्बर बढाउन सकिन्छ भन्ने विश्वास लिएका छौँ।’
पार्कमा तत्काललाई हाइब्रिड धानबाट सुरु गर्न लागिए पनि विस्तारै यसअघि प्रदर्शन र प्रमाणित भइसकेको विज्ञान तथा प्रविधिलाई प्रदर्शनको रूपमा राख्ने र त्यसलाई कौशलता विकासमा लैजाने लक्ष्य पनि नेपाल–दक्षिण कृषि विज्ञान तथा प्रविधि पार्कको रहेको छ। चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट नेपाल च्याप्टरको सहयोगमा पार्क सञ्चालनमा आएको हो। चाइना फाउन्डेसनले नेपालमा ८ वर्ष अगाडिदेखि काम गर्दै आएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पढेका विद्यार्थीहरूलाई कृषि उद्यममा प्रवर्धन, स्थापित गर्ने गरी उनीहरुको क्षमता विकासमा पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको अनुसन्धान तथा प्रसार निर्देशक कट्टेलले बताए। उनका अनुसार चीनले कार्यक्रमअनुसार आर्थिक सहयोग प्रदान गर्ने बताएको छ।
पार्क सञ्चालनको औपचारिक कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले जलवायु परिवर्तन, खाद्य सुरक्षा र दिगो कृषि विकासका चुनौती समाधान हुने अपेक्षा गरिन्।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले आगामी पाँच वर्षमा नेपाल र चीन दुवैको संयुक्त प्रयासबाट नेपालको धान उत्पादन प्रविधिमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam