भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ
एजेन्सी
युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसदतर्फ जाँने क्रममा पक्राउ गरी हिरासतमा लिइएको थियो।
ती महिलाहरूले महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारा लगाएका थिए।
‘युगान्डा गरिब होइन, तिनीहरूले हाम्रो सम्पत्ति चोरिरहेका छन्,’ एउटा प्लेकार्डमा लेखिएको थियो। एक वकिल इरोन किइजाले एएफपीलाई भने, ‘त्यहाँ तीनजना युवतीहरू भ्रष्टाचारको विरोध गरिरहेका थिए र उनीहरूलाई पक्राउ गरी अहिले कम्पाला सेन्ट्रल प्रहरी स्टेशनमा हिरासतमा राखिएको छ।’
‘उनीहरुलाई के अभियोग लगाइएको हो भन्ने खुल्न सकेको छैन,’ उनले थपे।
युगान्डामा भ्रष्टाचार एक प्रमुख मुद्दा हो। अधिकारीहरू सार्वजनिक धेरै ठूला घोटालाहरूमा समावेश रहेको पाइएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा युगान्डा १८० देशहरू मध्ये १४१ औँ स्थानमा छ।
यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिका र बेलायतले कथित भ्रष्टाचारको आरोपमा यहाँको संसद्का सभामुख अनिता अमोङ र दुई पूर्व मन्त्रीहरू सहित युगान्डाका धेरै अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam