प्रचण्डसहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट
काठमाडौं : बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।
पार्टीको जिल्लास्तरीय कार्यक्रममा रहेका प्रचण्ड आज बिहान मात्रै काठमाडौं आइपुगेका थिए। ओली र प्रचण्डको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए। सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ। प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर राना र प्रचण्डको उपस्थिति निश्चित नरहेको सो बैठक भोलिसम्मका लागि सारिएको थियो।
आजको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद् बैठक तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमणलगायत विषयमा कुराकानी भएको बुझिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam