लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास हुँदै
सनिउल्ला धोबी, भाद्र २७ ।।
रुपन्देहीका प्रतिनिधि सभा सदस्य सांसद बासुदेव घिमिरेले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धिष्टहरुको लागि एक अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विस्तार हुँदै गएको बताउनु भएको छ । उहाँले विश्वविद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेकोमा क्याम्पसका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १२ औं स्थापना दिवसको अवसरमा बोल्दै सांसद घिमिरेले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा अलग पहिचान बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । चीन भ्रमणको सन्दर्भमा, उहाँले लुम्बिनीको सांस्कृतिक पहिचानसँग सम्बन्धित उत्पादनशील शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले यस विश्वविद्यालयलाई गत वर्ष प्रदेश सरकारले ८ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो ।
यस वर्ष संघीय सरकारको बजेट कटौतीका कारण सहयोग प्रदान गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयले माध्यमिक तहसम्मको शिक्षा लागू गर्न ध्यान दिन आग्रह गर्नुभयो ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष प्रयास भइरहेको बताउनु भयो । करिब १५ देशबाट विश्वविद्यालयलाई सहयोग गर्ने इच्छा व्यक्त गरिएको र विशेष योजनाका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।
राजिष्टार डा. तिलक राम आचार्यले विश्वविद्यालयले दाङ र रुपन्देहीमा शाखा विस्तार गरिसकेको र निकट भविष्यमा कपिलवस्तुमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको बताउनु भयो । कपिलवस्तुमा रहेको बुद्धसाइटलाई ध्यानमा राखी अनुसन्धान केन्द्रको जग्गा प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
क्याम्पस प्रमुख डा. नीर बहादुर गुरुङले क्याम्पसको १२ औं वर्षसम्ममा उल्लेखनीय उपलब्धिहरू हासिल भएको बताउनु भयो । विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले विभिन्न उच्च पदमा अवसर प्राप्त गरेको बताउनु भयो । उहाँले बुद्ध शिक्षालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा प्राध्यापक अन्जु खनाललाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । वार्षिक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको साथै छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन प्राध्यापक दायानिधी आचार्यले गर्नुभएको थियो, भने प्राध्यापक अन्जु खनालले स्वागत मन्तव्य दिनुभएको थियो । समारोहमा ‘चर्किएको ऐना’ नामक गीत संग्रह विमोचन गरिएको थियो ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
भदौ १५, २०८३
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ…



ghanashyam