चीनमा मानव शरीरलाई असर पार्ने नयाँ भाइरस भेटियो

एजेन्सी

चीनमा एउटा नयाँ भाइरस फेला परेको छ। वेटल्याण्ड भाइरस (वेलभी) नाम दिएको यो भाइरस किर्नाको टोकाइबाट मानिसमा फैलिन सक्छ। यसको टोकाईबाट मस्तिष्कसम्बन्धी रोग निम्त्याउन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन्।

यो भाइरस पहिलोपटक जुन २०१९ मा जिन्झाउ शहरमा ६१ वर्षीय बिरामीमा पहिचान गरिएको थियो, जो भित्री मंगोलियाको सिमसारमा किर्नाले टोकेको पाँच दिनपछि बिरामी परेका थिए।

वेलभी भाइरसहरूको समूह हो जुन किर्नाबाट सर्ने गर्दछ जसले मानिसमा गम्भीर रोग निम्त्याउन सक्छ। प्रारम्भिक खोजपछि, अनुसन्धानकर्ताहरूले उत्तरी चीनमा गहिरो अनुसन्धान गरे, जहाँ उनीहरूले विभिन्न स्थानहरूबाट लगभग १४,६०० किर्नाहरू सङ्कलन गरे। यीमध्ये करिब २ प्रतिशतमा वेलभी आनुवंशिक भेटिएको थियो।

वेलभी भेडा, घोडा, सुँगुर र ट्रान्सबाइकल जोकोर भनिने मुसामा पनि पाइन्छ। किर्नाले टोकेका बिरामीहरूमा थप परीक्षणहरूले २० जना व्यक्तिहरूमा भाइरसको पोजिटिभ लक्षण देखियो जसमा ज्वरो आउने, चक्कर लाग्ने र टाउको दुख्ने देखि वाकवाकी र पखाला सम्मका लक्षणहरू थिए। मस्तिष्क र स्पाइनल फ्लुइडमा सेतो रक्त कोशिकाको उच्च संख्याका कारण एक बिरामीलाई सघन उपचारसमेत गर्नुपरेको थियो।

TOP