अहिले लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल
काठमाडौँ : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको दावी गरेका छन्।
शुक्रवार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले इमान्दार हिसाबले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे।
उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमै धेरै काम गर्न सकिने बताए। उनले पर्यटन, जलविद्युत्को क्षेत्रमा ठूलो सम्भावना रहेको बताए।
उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्विडिटी प्रशस्त रहेको उल्लेख गरे। उनले व्यवसायीहरूको नेतृत्व गर्नेहरूले सकारात्मक वातावरण तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे।
ढकालले भने, ‘इमान्दार हिसाबले काम गर्ने हो भने काम गर्न सकिने रहेछ। अहिले पयर्टकको आगमन बढेको छ। रेमिट्यान्सको फ्लो बढेको छ। विदेशी मुद्रा रिजर्भ पनि त्यत्तिकै छ। बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ। बैंकको ब्याजदर पनि घटिसकेको छ। अहिलेको अवस्था भनेको नेपालका हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो।’
अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजस्व वृद्धि हुने दाबी गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam