तोलाको १७ सयले बढेर सुनको भाउमा नयाँ रेकर्ड
काठमाडौं : नेपाली बजारमा आज सुन तोलको १ हजार ७ सय रुपैयाँले बढेको छ। र, भाउ रेकर्ड बिन्दुमा पुगेको छ।
शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आज पुनः १७०० सय रुपैयाँले बढेको हो। आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ। यो हालसम्म कै उच्च हो। यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो।
भदौ महिनामा ६ वटा रेकर्ड सुनको भाउले असोजमा भने पहिलो रेकर्ड बनाएका हो। नेपाली बजारमा भदौ महिनामा एक लाख ५३ हजार १००, एक लाख ५३ हजार २००, एक लाख ५३ हजार ४००, एक लाख ५६ हजार ३००, एक लाख ५६ हजार ८०० र आज एक लाख ५७ हजार ३०० रुपैयाँ गरेर ६ वटा रेकर्ड बनेका थिए।
अमेरिकी फेडरल रिजर्भ (फेड)ले चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौती गरेकोले सुनको भाउमा वृद्धि भएको व्यवसायीहरु बताउँछन्।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको बताइन्छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam