पहिरोले सडक बन्द‚ एम्बुलेन्समा नै २ जना विरामीको मृत्यु
काठमाडौँ : पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका २ जना विरामीको एम्बुलेन्समै ज्यान गएको छ।
सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स विरामी बोकेर काठमाडौँ आउँदै गर्दा वीपी राजमार्गमै अड्किएपछि २ जना विरामीको मृत्यु भएको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार सुनकोसी गाउँपालिका-१ दुम्जामा बाढी र पहिरोका कारण ४ दिनदेखि वीपी राजमार्ग अवरुद्ध हुँदा कमलामाई नगरपालिका-४ मल्लागाउँकी ९८ वर्षकी वृद्धा टीकाकुमारी भुजेल र महोत्तरी बर्दिवास नगरपालिका-८ का ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।
भुजेलमा दमसम्बन्धी रोग थियो भने सिंजालीमा किड्नीको समस्या रहेको थियो।
प्रहरीका अनुसार एम्बुलेन्सहरु बीच बाटोमै फसेपछि विरामीको मृत्यु भएको छ भने उनीहरुको शवसमेत फर्काउन सकिने अवस्था छैन।
अहिले सिन्धुलीतर्फ राजमार्ग एकतर्फीमात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam