पहिरोले अवरुद्ध २९ राजमार्ग खुले, बाँकी पाँच छिट्टै खुल्दै
काठमाडौं : अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध ३४ वटा राजमार्गमध्ये २९ वटा संचालनमा ल्याइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७ सय ७४ स्थानको पहिरो हटाइएको जनाएको हो।
‘अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात संचालन गर्न अनवरत प्रयास जारी छ।’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।
अरनिको राजमार्ग, वीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्णरुपमा बन्द छन्।
यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात संचालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।
बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको भन्दै मन्त्री देवेन्द्र दाहालले प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको छ।
क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उल्लेख गरिएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam