मान्यजनको हातबाट टीका लगाउने क्रम आज पनि
काठमाडौं : आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम सोमबार पनि जारी छ। सोमबार ४५ घडी ५५ पला द्वादशी तिथि छ।
बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्।
टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।
फूलपातीका दिन बिहीबार शुरु भएकोबडादशैँको बिदा सोमबारसम्म रहेको छ। मंगलबारदेखि कार्यालय खुल्ने भएका कारण अब भने सर्वसाधारण गाउँबाट शहर फर्किने क्रम शुरु हुन्छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam