एसिया पावर इन्डेक्समा भारत जापानभन्दा अगाडि

एजेन्सी

एसिया पावर इन्डेक्समा भारतले जापानलाई पछि पार्दै एसियाको तेस्रो शक्तिशाली देश बनेको छ।

यो उपलब्धि इन्डो—प्यासिफिक क्षेत्रमा भारतको बढ्दो आर्थिक विकास, गतिशील कूटनीति र रणनीतिक प्रभावको प्रतिबिम्ब हो।​ एशिया पावर इन्डेक्स वार्षिक रूपमा मूल्याङ्कन गरिन्छ जसलाई जसलाई २०१८ देखि लोवी इन्स्टिच्युटद्वारा सुरु गरिएको थियो।

यसले एशिया—प्रशान्त क्षेत्रमा शक्ति गतिशीलता नाप्ने मानकको रूपमा स्थापित गरेको छ। सूचकांकले आठ विषयगत क्षेत्रमा २७ राष्ट्रहरूको मूल्याङ्कन गर्दछ। यसले आर्थिक क्षमता, सैन्य क्षमता, आर्थिक सम्बन्ध, रक्षा सञ्जाल, कूटनीतिक प्रभाव, सांस्कृतिक प्रभाव जस्ता आठ विषयगत क्षेत्रको मूल्यांकन गर्दै राष्ट्रहरुको मापन गर्ने गरेको छ ।

बहुआयामिक दृष्टिकोणबाट देशहरूले कसरी आफ्ना स्रोतहरूलाई एशिया—प्रशान्त क्षेत्रभित्र प्रभावमा रूपान्तरण गर्छन् भन्ने कुराको सूक्ष्म अध्ययन गर्ने गरेको छ।

एसिया पावर इन्डेक्समा भारतको तेस्रो स्थानमा उक्लनु आकस्मिक उन्नति नभई विभिन्न क्षेत्रमा भएको निरन्तर प्रगतिको परिणाम हो।

बढ्दो पूर्वाधार, बढ्दो डिजिटल अर्थतन्त्र र बलियो घरेलु उपभोगको मद्दतले भारतले सन् २०२३ मा बेलायतलाई उछिन्दै विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो। भारतीय अर्थतन्त्र आगामी वर्षहरूमा विश्वव्यापी आर्थिक शक्ति बन्ने बाटोमा अगाडि बढेको छ।

TOP