नेपालले आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाई आयात बन्द गर्न जरुरी रहेको बताएका छन्।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आए पनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताए। वैद्यखानाले माग पूरा गर्नसके बाह्य मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताए।
उनले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाए। उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए। उनले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताए।
उनले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने बताए। मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताए।
मन्त्री पौडेलले भने‚ ‘हामीले यी संस्थालाई यही ढंगबाट टालटुल गरेर लगिरहने स्थिति बन्दैन। हामीले यसैबाट र यहीँबाट उत्पादन गर्ने, कमाउने, हामीले सुविधा पनि लिने, कोष पनि बनाउने र निवृत्त भएपछि सेवा लिन पाउने वातावरण बनाउनुपर्छ। यहाँहरूले उत्पादन गर्नुभयो भने आयात बन्द गराउने काम हामी गर्छौं। आयुर्वेद औषधिको मामिलामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने क्षमता बनाउनुपर्छ। निर्यात गर्ने क्षमता बढाए यो संस्था धेरै नै छिटो समृद्ध हुन्छ।’
स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गरे। उनले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताए।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam