बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँचजनाको मृत्यु
रासस
बागलुङ : बागलुङको जैमिनी नगरपालिका- ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।
जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam