कृष्णनगरमा विशेष सरसफाई अभियान, खुल्ला शौच गर्नेलाई कडा चेतावनी
कृष्णनगर नगरपालिकाले नगर क्षेत्रको सफाईलाई ध्यानमा राख्दै विशेष सरसफाई अभियानको सुरुवात गरेको छ। यस अभियान अन्तर्गत नगरका सडक र बाटोमा अनावश्यक रूपमा राखिएका सामग्रीलाई हटाउँदै त्यसको नियन्त्रणमा कडाइ गरिएको छ। नगरपालिकाले यस्तो किसिमको सामान सडक र बाटोमा नराख्न सबैलाई सचेत गराउँदै, नियम उल्लंघन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ।
यस अभियानमा खुला स्थानमा शौच गर्ने व्यक्तिहरूलाई पनि चेतावनी दिइएको छ। पहिलोपटक चेतावनी दिएर सचेत गराइएकोमा, यदि फेरि त्यस्ता क्रियाकलापमा संलग्न भेटिए जरिवाना वा कानुनी कारबाही गरिने जानकारी नगरपालिकाले दिएको छ।
सफाई अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले नगर प्रहरीलाई सक्रिय बनाएको छ। नगर प्रहरीको सहयोगमा नगरका विभिन्न स्थानहरूमा अनुगमन गरिनुका साथै सरसफाईका मापदण्डलाई उल्लंघन गर्नेहरूमाथि तत्काल कारबाही गर्ने प्रबन्ध मिलाइएको छ।
नगरपालिकाले नगरवासीहरूलाई स्वच्छता कायम राख्न सहयोग गर्न आग्रह गर्दै, नगरको सौन्दर्य र स्वच्छतामा सबैको जिम्मेवारी रहेको बताएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam