लेबनानमा इजरायली हवाई आक्रमण, ११ जनाको मृत्यु
एजेन्सी
दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ। इजरायली लडाकु विमानहरूले पूर्वी शहर बालबेकमा शृङ्खलावद्ध हवाई आक्रमणहरू गरेका थिए।
एउटा हमलाले अल–शाब छिमेकमा रहेको दुई तले भवनलाई निशाना बनाएको थियो। जसमा नौ जनाको मृत्यु भएको थियो र पाँचजना घाइते भएका थिए। इस्लामिक हेल्थ अथोरिटी र सिभिल डिफेन्सका उद्धार टोलीहरूले भग्नावशेष हटाउन र बाँचेको खोजी गर्ने प्रयास जारी राखेका छन्।
यसअघि इजरायली लडाकु विमानहरूले दक्षिणी शहर नाबातीह र वरपरका क्षेत्रहरूमा १६ वटा हवाई आक्रमणहरू गरेका थिए। नाबतीहमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र चारजना घाइते भएका छन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam