गाजामा र लेबनानमा युद्धविराम गर्न जी–ट्वेन्टी नेताहरुको आग्रह
काठमाडौं : जी–ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नेताहरुले गाजा र लेबनानमा तत्काल युद्धविराम गर्न इजरायललाई आग्रह गरेका छन्।
ब्राजिलको रियो दि जनेरियोमा सम्पन्न शिखर बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै नेताहरुले यस्तो आग्रह गरेका हुन्। उनीहरुले गाजा पट्टीमा भइरहेको भयंकर मानवीय संकट र लेबनानमाथिको आक्रमणबारे चिन्ता व्यक्त गर्दै, थप राहत व्यवस्थापनमा जोड दिएका छन्।
‘हामी संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावअनुसार गाजा र लेबनानमा समग्र युद्धविरामको पक्षमा एकजुट छौं, जसले नागरिकहरुलाई सुरक्षित रुपमा घरमा फर्कन सक्षम बनाउछ।’ उनीहरुले विज्ञप्तिमा भनेका छन्। यसैबीच प्यालेस्टाइनबारे निगरानी गरिरहेको संयुक्त राष्ट्र संघको एक विशेष समितिले त्यहाँ जातीय संहारसँग मेल खाने गरी आक्रमणहरु भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनमा इजरायलले ‘युद्धको उपायको रूपमा भोकमरीको प्रयोग’को आरोप लगाइएको छ। समितिले राष्ट्र संघका सदस्य राष्ट्रहरुलाई इजरायलमा हतियार तथा गोला बारुदको आपूर्ति तुरुन्त रोक्न सिफारिस गरेको छ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam